खोलाले बगाउँदा एक बेपत्ता

सांकेतिक तस्बिर

Read Time = 1 min

मान्म । कालीकोटमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । पलाँता गाउँपालिका–७ फागोटी बस्ने वर्ष ४० का धर्मदत्त जैसीलाई तिपघाट खोलाले बगाएको हो ।

थिर्पुबाट घर फर्किने क्रममा आज दिउँसो टिपघाट खोला तर्न लाग्दा उहाँ बग्नु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । बेपत्ता भएका जैसीलाई खोलाले बगाएर कर्णाली नदीमा पु-याएको हुनसक्ने प्रहरीको अनुमान छ । अहिले प्रहरी र स्थानीयको संयुक्त टोलीले उहाँको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख सिद्धराज न्यौपानेले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?