प्रचण्ड गर्मीका कारण स्पेनमा एक हप्तामा ६७९ को मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

म्याड्रिड । स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामा ६७९ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ जुलाई १० देखि १७ सम्ममा ६७९ जनाको ज्यान गएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार जुलाई १७ मा मात्र एकैदिन १६९ जनाको तातो हावाबाट ज्यान गएको बताइएको छ । यहाँको एक स्वास्थ्य संस्थाले गरेको अनुसन्धानबाट तातो हावाबाट सबैभन्दा धेरै यहाँका ज्येष्ठ नागरिकहरूको ज्यान गएको छ ।

सो संस्थाले गरेको अनुसन्धानबाट यहाँ बुधबारसम्म ज्यान गएका ६७९ मध्ये ४३० जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका देखिएको छ । देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको बताइएको छ र गर्मीका कारण मानिसहरूको ज्यान जाने क्रम रोकिएको छैन ।

यहाँका स्वास्थ्य अधिकारीहरूले गर्मी अझै बढ्ने अनुमान गरिएको जनाएका छन् । उनीहरूका अनुसार तातो हावाबाट ज्यान जानेको संख्या थप बढ्न पनि सक्छ । पछिल्लो समयमा पश्चिमी युरोपको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ । रासस÷सिन्ह्वा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?