काठमाडौं । भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ । भारतको आदिवासी समुदायबाट पहिलो व्यक्ति मुर्मू राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उहाँ दोस्रो महिला हुनुभएको छ ।
सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले पूर्वराज्यपाल रहनुभएकी मुर्मूलाई उम्मेदवार बनाएको थियो । उहाँ कांग्रेस सहितको विपक्षी दलले राष्ट्रपतिमा अघि सारेको तृणमुल कांग्रेसमा रहनुभएका पूर्वभाजपा नेता यशवंत सिन्हालाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपति चुनिनुभएको हो । मुर्मूले ७२ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।
आगामी २५ जुलाईमा उहाँले शपथ ग्रहण गर्नुहुने छ । सर्वोच्च अदालतका मुख्यन्यायाधीशबाट उहाँले शपथ लिनुहुने छ । भाजपाले यसअघि दलित समुदायकै कोविंद र त्यसअघि अटल बिहारी बाजपेयीको समयमा चर्चित वैज्ञानिक अब्दुल कलामलाई राष्ट्रपति बनाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच