दरबार सिनेम्याक्समा जोडियो वुल्फ एअर मास्क

Read Time = 3 mins

काठमाडौं । दरबार सिनेम्याक्सले चलचित्र हेर्न आउने दर्शकका लागि अबदेखि मास्क लगाउन नपर्ने व्यवस्था गरेको छ । नयाँ वर्ष ०७९ को अवसर पारेर गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको अत्याधुनिक प्रविधि र सुविधासम्पन्न लक्जरियस सिनेमा हलमा दर्शकको सहजतालाई मध्यनजर गरी कोभिड लगायतका कुनै पनि भाइरस तथा ब्याक्टेरियाले असर नगर्ने वुल्फ एयर मास्क एअर स्ट्रेरीलाइजेसन सिस्टम जडान गरिएको हो ।

गुण ग्रुपद्वारा सञ्चालित हलमा नेपालमै पहिलोपटक जर्मन प्रविधिबाट निर्मित ‘वुल्फ एअर मास्क’ प्रयोगमा ल्याइएको हो । सो प्रविधिले हावामा फैलने मोल्ड, कोरोना वा इन्फ्लुएन्जा भाइरस, एलर्जी, हानीकारक ब्याक्टेरिया, पराग कण, धु्लो, दुर्गन्धलगायत वरपरका क्लस्टरलाई केही मिनेटमै पूर्णरूपले निष्प्रभावी बनाई शुद्ध हावा उत्पादन गर्ने गर्दछ । सिष्टम जडानसम्बन्धी सम्झौतामा दरबार सिनेम्याक्सका प्रबन्ध निर्देशक दिप्रश शाक्य र प्लानेट हेल्थकेयरका तर्फबाट रोजन श्रेष्ठले हस्ताक्षर गरेका हुन् । वुल्फ एअर मास्क ९९.९९ प्रतिशत भाइरस मुक्त र वैज्ञानिक रूपमा समेत सबै उमेर र समूहका लागि उपयुक्त मानिन्छ ।

एअर स्ट्रेरिलाइजेसन सिष्टम जडान गर्ने देशकै पहिलो सिनेमा हल बन्न पाउँदा खुसी लागेको दरबार सिनेम्याक्सका प्रबन्ध निर्देशक दिप्रश बताउँछन् । आफूहरू दर्शकको सुविधा र स्वास्थ्यको बारेमा निकै सजग रहेकाले प्रविधि जडान गरिएको कथन उहाको छ । ‘दर्शकहरूको सुविधा र स्वास्थ्यका लागि हामी कुनै कुरामा पनि कन्जुस्याइँ गर्न चाहन्नौँ,’ उहाँ भन्नुहुन्छ, ‘अब उप्रान्त हाम्रो सिनेमा हलमा बिना मास्क फिल्म हेर्न पाइनेछ । कोरोनाको जोखिम कायमै रहे तापनि हलभित्र भने एअर स्ट्रेरिलाइजेसन सिष्टमले भाइरस सखाफ पार्ने भएकाले सबैलाई निर्धक्क सुविधा लिनका लागि स्वागत गर्दछांै ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?