सुजताको तीज गीत गाएर नाचेर टोलै थर्काउने

Read Time = 1 min

काठमाडौं । गायिका सुजता केसीको नयाँ तीज गीत ‘नाचेर टोलै थर्काउने’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यस गीतको भिडियोमा पाँच युवतीको नृत्य देख्न सकिन्छ ।

बेली डान्सरको रूपमा ख्याति कमाउनुभएकी बिनु शाक्यले पनि भिडियोमा आफ्नो नृत्य देखाउनुभएको छ । यस्तै, टिकटकबाट मोडलिङको यात्रामा आफूहरूलाई स्थापित गरिसक्नु भएका उषा उप्रेती, लोसिना लामिछाने, आभा थापाको पनि नृत्य रहेको छ । यस्तै, लोकप्रिय कलाकार रश्मि भट्टले पनि भिडियोमा नृत्य गर्नुभएको छ ।

राम कुमार केसीले खिचेको भिडियो विकास ज्ञवालीले निर्देशन गर्नुभएको हो भने सन्तोष राजबहाकको निर्देशक रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?