‘छड्के २’मा राजेश हमाललाई बुबा बन्न अफर

फाइल तस्बिर

Read Time = 2 mins

काठमाडौं । नेपाली चलचित्र ‘छड्के २’का लागी कलाकारको छनोट कार्य जारी छ । ५० लाख रुपैयाँ पारिश्रमिकसहित नायक अनमोल केसी यसअघि नै अनुबन्धित भइसक्नु भएको छ । अहिले निर्माण टिमले प्रमुख कलाकारमा रविन तामाङ, कमलमणि नेपाल र सिर्जना सुब्बालाई पनि अनुबन्ध गरेको छ ।

प्रमुख कलाकारको भूमिकामा अभिनेता राजेश हमाललाई पनि अफर गरिएको बुझिएको छ । तर हमालले प्रस्ताव अस्वीकार गर्नुभएको थियो । मुख्य पात्रको ‘बा’को भूमिकामा हमाललाई ५० लाख रुपैयाँ पारिश्रमिकसहित प्रस्ताव गरिएको तर उहाँले नखेलेको स्रोतको भनाइ छ ।

अभिनेता हमालको विषयमा भने चलचित्रका निर्माता प्रशान्त गिरीले केही बोल्नुभएको छैन । विपिन कार्कीलाई पनि प्रस्ताव गरिएको तर उहाँले रचनात्मक असमझदारी भन्दै नमानेको पनि गिरीले बताउनुभएको छ ।

यस्तै, चलचित्रमा नयाँ नायिकालाई अनुबन्धित गरिएको छ । तर, नायिका भने खुलाइएको छैन । अहिले चितवनमा भइरहेको कार्यशालामा अनमोलसहितका कलाकारसमेत सहभागी छन् । साउन २५ गतेदेखि मनाङ र नारायणगढमा छायांकन हुने चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गर्दै हुनुहुन्छ । साढे चार करोड रुपैयाँ बजेट बताइएको चलचित्रमा प्रशान्त, निगम र लक्ष्मण काफ्ले निर्माता छन् ।

यसैबीच, चलचित्रमा भिटेनले गीत गाउने बताइएको छ । उहाँले कथावस्तुमै आधारित गीत गाउने समझदारी भएको निर्माता गिरीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?