अन्नपूर्ण केबुलकारको मनसुन अफर

Read Time = 1 min

काठमाडौं । पोखराको अन्नपूर्ण केबुलकारको नियमित मर्मत तथा सम्भारपछि पूर्वनिर्धारित समयभन्दा एक दिनअघि नै शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । सो अवसरमा कम्पनीले भदौ ३१ गतेसम्म २० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाइड, सेतीबगरबाट अन्नपूर्ण केबुलकार चढेर सराङकोटमा साउन महिनामा कैलाशेश्वर महादेवको दर्शनका साथै कास्कीकोट दरबारसम्मको पैदलयात्रा गर्न सकिनेछ ।

साथै अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, धवलागिरि हिमालका शृंखलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबुलकार परिसरमै सुविधासम्पन्न रेस्टुरेन्ट सेवा, कफी सप, रेस्टुरेन्टबाट चारैतर्पmको आनन्ददायी मनमोहक दृश्य तथा जिप फ्लाएर, सुइङ, स्काई साइक्लिङको समेत साहसिक अनुभव लिन सकिने कम्पनीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?