दराज र नेप्सबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग दराजमा किनमेल गर्दा प्रि-पेमेन्ट प्रवद्र्धन सम्झौता गरेको छ । आफ्नो अर्डरका लागि नगद अन डेलिभरीमार्फत् भुक्तानी गर्न चाहने ग्राहकलाई प्रि-पेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्ड प्रयोगलाई प्रोत्साहित गर्दै आएको छ । सो सम्बन्धि सम्झौता पत्रमा दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरुण फुँयाल र नेप्सका सिबिओ पविन्द्र राजभण्डारीले हस्ताक्षर गर्नुभएको हो ।

दराजका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख फुँयालले भन्नुभयो, ‘नेपाली इ-कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुग्न मद्दत गर्न डिजिटल सपिङ प्लेटफर्म प्रयोग गर्दै ग्राहकलाई थप डिजिटल भुक्तानी विधिहरू छनोट गर्न प्रोत्साहित गर्न नेप्ससँगको हाम्रो साझेदारीप्रति हामी उत्साहित र आशावादी छौँ ।’ ग्राहकलाई नगदबाट डिजिटल वित्तीय कारोबारमा स्वीच गर्न प्रोत्साहित गर्ने प्रयासमा दराजले विभिन्न बैंक र डिजिटल वालेटसँग भुक्तानी साझेदारी बढाउँदै आएको छ । ग्राहकले दराज एपमा आफ्नो अर्डर चेक आउट गर्दा र बैंक अफ द डेज डेबिट वा क्रेडिट कार्डमार्फत् भुक्तानी गर्ने विकल्प चयन गर्दा दैनिक बैंक छुट भौचर प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?