विदेशी चुरोटको अवैध कारोबार बढ्दो

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । विदेशबाट अवैधरूपमा ठूलो परिमाणमा नेपालमा चुरोट भित्रिने गरेको पाइएको छ । ठूलोमात्रामा तस्करी हुँदै गरेको विदेशी गैरकानुनी चुरोट वीरगञ्ज भन्सारमा बरामद भएको छ । वीरगञ्जको सुक्खा बन्दरगाहमा दुवईबाट भारत हुँदै आएको कन्टेनरमा ठूलोमात्रामा विदेशी चुरोट बरामद भएको हो ।

मुङको दाल भनी जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाखभन्दा धेरै गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डका चुरोट फेला परेको छ । गुडाङ गरम नामका तस्करी गरिएको चुरोट अहिले पनि बजारमा छ्यापछ्याप्ती पाइने भए पनि भन्सारमा तस्कारी हुँदै गर्दा बरामद भएको भने पहिलो घटना भएको बताइएको छ ।

स्वदेशी चुरोट कम्पनीहरूका अनुसार नेपालमा विगत पाँच वर्षमा चुरोटमा लाग्ने कर दुईदेखि चार गुणा बढाएपछि चुरोट एकदमै महँगोे हुँदा तस्करी बढेको छ । हाल नेपालमा चुरोट उत्पादन लागतभन्दा करको भार बढी छ । चुरोटको बिक्री मूल्यको ५५ देखि ७० प्रतिशतसम्म कर लाग्ने गरेको छ । चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क स्टिकरलगायतका कर असुल गरिन्छ ।

त्यसैले स्वदेशीभन्दा सस्तो पर्ने, प्याकेजिङमा देख्दै फोहोर देखिने चित्र नहुने, व्यापारीलाई धेरै फाइदा हुने लगायतका कारण गैरकानुनी चुरोटले बजार लिएको कम्पनीहरूको दाबी छ । अवैधरूपमा भित्रिने चुरोट, खैनी, गुट्खालगायतका अन्य सूर्तिजन्य पदार्थको तस्करीबाट एक वर्षमा करिब नौ खर्ब ५० करोडको राजस्व गुम्ने गरेको बताइएको छ । एक कन्टेनर चुरोट तस्करी गर्दा छदेखि सात करोड कर बच्ने भएपछि तस्करी मौलाएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?