काठमाडौं । विश्वमा धेरै बाइक राइडरहरू छन् जसमा उनीहरूका आफ्नै राइडिङ ग्रुपहरू स्थापना भई सञ्चालन भइरहेका छन् । कुनै ग्रुपहरू राइडमा गई मनोरञ्जन गर्ने उद्देश्यले स्थापना भएका छन् भने कुनै सुन्दर र ऐतिहासिक स्थानलाई सबैमाझ चिनाउने र गरिब, दुःखीलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएका छन् । जसमध्ये सुन्दर र ऐतिहासिक स्थानलाई सबैमाझ चिनाउने र गरिब दुःखीलाई सहयोग पु¥याउने उद्देश्यले स्थापना भएको नेपाली राइडरहरूको समूह ‘स्पोर्ट ग्रुप अफ भ्याली’ पर्दछ ।
सुरुमा दुई/चारजना राइडरहरू मिलेर आफ्नो देशमा रहेका सुन्दर तथा ऐतिहासिक स्थानहरूबारे संसारभर जनकारी दिने र उक्त स्थानलाई चिनाउने उद्देश्यले स्पोर्ट ग्रुप अफ भ्यालीको स्थापना सन् २०१७ मा प्रविन मैनालीको अध्यक्षतामा भएको थियो ।
यस ग्रुपको अर्को उद्देश्य आन्तरिक पर्यटनमा वृद्धि गरी राष्ट्रलाई सहयोग पुर्याउने तथा ट्राफिक नियमबारे जनचेतना फैलाउने पनि रहेको अध्यक्ष मैनालीको भनाइ छ । उहाँका अनुसार यस ग्रुपमा हाल दर्जनौँको संख्यामा बाइक राइडरहरू सदस्य छन् । स्पोर्ट बाइक भएका अनुशासित र नियम कानुनको दायरामा रही बाइक राइड गर्ने राइडरहरूमात्र यस ग्रुपमा सदस्य बन्न पाउने उहाँको भनाइ छ ।
अनुशासन नभएका, नियम कानुनको पालना नगर्ने, लिडरले भनेको नमान्ने, एक राइडरले अर्को राइडरलाई सम्मान नगर्नेले यस ग्रुपमा सहभागी हुन नपाउने उहाँको भनाइ छ । हाल स्पोर्ट ग्रुप अफ भ्यालीमा कावसाकी निन्जा, होइसुङ, अपाचे आरआर, बेनेली, आरसी केटिएम, यामाहा भी ३, आर ३, भी २, आर १५, सिभिआरलगायत अन्य बाइक राइडरहरूको सहभागिता रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका