जनार्दन शर्मा प्रकरणः आज पनि छानविन समितिको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बजेट निमार्णमा अनधिकृत ब्यक्तिलाई प्रवेश गराएको भन्दै छानविनको लागि गठित संसदीय छानविन समितिको बैठक आज पनि बस्दैछ ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दर हेरफेर गरेको आरोप लागे पछि संसदीय छानविन समितिले अनुसन्धान सुरु गरेको हो ।

गत बिहिवार अर्थमन्त्री शर्मालाई समितिमा बोलाएर झन्डै ३ घन्टा सोधपुछ गरेको समितिले अर्थमन्त्रालयको सिसिटिभी फुटेज अनुसन्धानका लागि नेपाल प्रहरीलाई पठाएको थियो ।

जेठ १४ को सिसिटिभी फुटेज माग्दा असारको दिए पछि थप शंकास्पद बनेको उक्त घटनाको हार्ड डिस्क नै मगाएर समितिले छानविन गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?