प्रेस युनियनको महाधिवेसन आजवाट: अनिता बिन्दु र शिव लम्सालविच तिव्र प्रतिस्पर्धा हुने

हिमालय टाइम्स
Read Time = 4 mins

हेटौडा । नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेसनमा संस्थापन पक्ष र संस्थापन ईत्तर पक्षबिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गर्ने सो महाधिवेसनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रे पछि कडा प्रतिस्पर्धा हुन लागेको हो ।

झन्डै ८ बर्ष पछि हुन लागेको महाधिवेसनमा भाग लिनका लागि प्रतिनिधिहरु हेटौडा आईपुगेका छन । १ हजार ६ सय ३० प्रतिनिधिले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन ।

नेपाली कांग्रेसको शुभेच्छक संस्था प्रेस युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षवाट सभापतिमा अनिता बिन्दु र संस्थापन ईत्तर पक्षवाट शिव लम्सालले आ–आफनो दावेदारी प्रस्तुत गर्नुभएको छ ।

‘आज प्रधानमन्त्रीले नवौं महाधिवेसनको उदघाटन गर्नुहुनेछ भने आजै निर्वाचनको प्रक्रिया पनि सुरु हुनेछ,’ कोषाध्यक्षका उम्मेदवार माधव धितालका अनुसार भोली मतदान हुने र भोली नै मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।

सो महाधिवेसनमा संस्थापन पक्षवाट बरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र संस्थापन इत्तर समुहवाट प्रेम केसीले उम्मेदवारी घोषणा गर्नुभएको छ भने खुल्ला उपाध्यक्षका लागि भिष्मराज ओझा र शेखर रेग्मीले चुनावी मैदानमा उत्रने घोषणा गर्नुभएको छ ।

उता, संस्थापन पक्षवाट महिला उपाध्यक्षमा कल्पना शर्मा र ईत्तर समुहवाट सलोजा दाहाल बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने महासचिवमा संस्थापन पक्षवाट जगन्नाथ दुलाल र इत्तर समुहवाट दिलिप पौडेल बिच तिव्र प्रतिस्पर्धा हुने युनियन आवद्ध पत्रकारले जनाएका छन ।

संस्थापन पक्षका उपमहासचिवका उम्मेदवार केशव साउँद र इत्तर समुहवाट बिष्णु क्षेत्री रहनुभएको छ भने संस्थापन पक्षले कोषाध्यक्षमा माधव धिताललाई उम्मेदवार खडा गरेको छ भने उहाँसँग रमेश वाग्ले प्रतिस्पर्धामा रहनुहुनेछ ।

केन्द्रिय उपाध्यक्ष सुदुरपश्चिमका लागि हरिश भट्टलगायत छन भने महिला उपमहासचिवमा कुसुम बिक, दिलिपाश्री अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यसैगरी, खुल्ला सचिवका लागि खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, पदम अधिकारीलगायतले मैदानमा उत्रनुभएको छ भने महिला सचिवमा मेनुका भट्टलगायतले उम्मेदवारी घोषणा गरेर प्रतिनिधिसँग मत मागिरहनुभएको छ ।

लेखा समिति संयोजकमा पदमराज जोशीलगायतले उम्मेदवारी घोषणा गर्नुभएको छ भने केन्द्रिय सदस्यमा कृष्ण पहाडी, सरिता खनाललगायत दर्जनौले उम्मेदवारी घोषणा गरेर हेटौडा आईपुगेका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?