साफ यु-२० फुटबल खेल्न नेपाली टोली आज भारत प्रस्थान गर्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतमा आगामी साताबाट सुरु हुने यु २० साफ च्याम्पियनसिपमा सहभागी हुने युवा टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार बिदाइ गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा एक कार्यक्रमकाबीच राष्ट्रिय खेलुकद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायत एन्फा कार्यसमितिका सदस्यले नेपाली टोलीको बिदाइ गरेका हुन् ।

नेपाली टोली आज दिउँसो भारत प्रस्थान गर्नेछ । एन्फाले सोमबार प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिम प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान रहेका छन् ।

भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा प्रतियोगिता २५ जुलाईबाट सुरु हुनेछ । नेपालले पहिलो खेलमा २५ जुलाईमा माल्दिभ्सको सामना गर्नेछ ।

दोस्रो खेल २७ जुलाईमा श्रीलंका र तेस्रो खेल ३१ जुलाईमा भारतको सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?