विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं, कास्की र बाजुरामा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-३ बुढानिलकण्ठ मन्दिर नजिकै सडक पेटीमा ३७ वर्षीय सम्राट नगरकोटी बिहीबार मृत अवस्थामा फेला परेका छन् । उनी सोही मन्दिर परिसरमा बिगत केही महिना अगाडिदेखि बस्दै आएका थिए ।

यस्तै कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जास्थित मानव सेवा आश्रममा ५२ वर्षीय राम बहादुर गुरुङ बिहीबार मृत अवस्थामा फेला परेका छन् । रुपा गाउँपालिका-६ रुपाकोट घर भएका गुरुङ २०७८ पुस २८ गतेदेखि उक्त आश्रममा बस्दै आएका थिए ।

यसैगरी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-२ बालुवास्थित कर्णाली नदीको किनारमा हाल पहिचान नखुलेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

तीनवटै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?