एकै दिन ४५६ जनामा कोरोना संक्रमण, ८० जना संक्रमणमुक्त

Read Time = 1 min

काठमाडौं । नेपालमा केही दिन यता कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जार ८३८ परीक्षणमा ४५६ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार १६८ पीसीआर परीक्षणमा ३८४ र १ हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ पुगेको छ । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?