आमाको नाममा निःशर्त नागरिकता दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

Read Time = 2 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपालीहरुलाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताउनु भयो ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री भट्टराईले आमाको नामबाट नागरिकता दिने विषयमा शर्तहरु तेर्साइनु गलत भएको बताउनु भयो । आमाको नाममा निःशर्त नागरिकता दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अझै अपूर्ण छ । जन्मसिद्धका सन्तानले वंशीय नागरिकता पाउनेकुरा त आएको छ । त्यो मुलतः ठिक छ । एनआरएनएहरुलाई मेरो निजी मान्यता त उनीहरुलाई पूर्ण नागरिकता दिएहुन्छ भन्ने हो । तैपनि राजनीतिक अधिकार बाहेकका अन्य अधिकार सहितका नागरिकता दिने कुरा छ, त्यो पनि सकारात्मक छ । तर कमजोर पक्ष के छ भने आमाको नामबाट नागरिकता प्राप्त गर्ने जुन अधिकार हो त्यो निःशर्त अधिकार हो । अनावश्यक ढंगले शर्त राखेर आमाले बाउको पहिचान भए, नभएको भनेर जुन शर्त राखिएको छ । त्यो विभेदकारी छ । गलत छ । वैवाहिक अंगिकृतको कुरा पनि समानतामा आधारित छैन । कि त नराख्ने हो भने छोरा र छोरी दुवैको दम्पतिलाई नराखौँ । राख्ने हो भने दुईवटैलाई थोरै थोरै भएपनि राखौँ । यसरी विभेदकारी प्रावधान राख्नु हुँदैन । त्यस्तै लंगिक पहिचान सहितको जुन कुरा छ, त्यसमा पनि त्रुटी भएको छ । त्यसैले यसलाई सच्याएर पारित गर्नु राम्रो हुन्छ ।’
पूर्वप्रधानमन्त्री डा. भट्टराईले नागरिकता सम्बन्धी विधेयक अपूर्ण रहेको टिप्पणी गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?