जर्मनी महिला युरोको सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

लन्डन । अस्ट्रियामाथि सहज जित निकाल्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मनीले अस्ट्रियालाई २-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । इंग्ल्यान्डको ब्रेन्टफर्ड कम्युनिटी स्टेडियम ब्रेन्टफर्ड मिडलसेक्समा भएको खेलमा लिना मागुल र एलेसान्द्रा पोपले गोल गर्नुभयो ।

खेलको २५औँ मिनेटमा लिना मागुलले गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाउनुभयो । अन्तिम समयमा एलेसान्द्रा पोपले गोल गर्दै जर्मनीको जित सुनिश्चित गर्नुभयो । अब जर्मनीले सेमिफाइनलमा फ्रान्स र नेदरल्यान्ड्सबीचको विजेतासँग २७ जुलाईमा सेमिफाइनल खेलको प्रतिस्पर्धा गर्नेछ ।

त्यसअघि भएको अर्को खेलमा इंग्ल्यान्डले स्पेनलाई अतिरिक्त समयमा दुई-एक गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । इंग्ल्यान्डले अब स्विडेन र बेल्जियमबीचको विजेतासँग आगामी बुधबार राती प्रतिस्पर्धा गर्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?