रामकृष्ण ढकालको ‘काली’ गीत रिलिज

Read Time = 3 mins

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘काली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीत वियोगान्त भावको छ । दीपक शर्माको संगीत र चिन्तामणि सिवाकोटीको शब्द रचना रहेको गीतको एरेन्जर पुरुषोत्तम सुवेदी हुनुहुन्छ ।

सुव्रतराज आचार्यले निर्देशन गरेको गीतको भिडियोमा गायक ढकाल स्वं फिचर हुनुहुन्छ भने नम्रता सापकोटा, दिपेश ढकाल र दिपेन गौतम माइकलको पनि अभिनय छ । भिडियोमा नम्रताले प्रेमलाई हलुका रूपमा लिएको पात्रका रूपमा प्रस्तुत गरिएको छ । अगाध माया गरेको मान्छेले धोका दिँदा मनमा उत्पन्न भावलाई गीतमार्फत् व्यक्त गरिएको छ ।

गीतको भिडियोमा जया शर्मा क्रियटिभ डाइरेक्टर, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र कलर र साइव्रत आचार्यको स्टोरी बोर्ड रहेको छ । गीत सार्वजनिक कार्यक्रममा गायक ढकालले अडियोअनुसार भिडियो तयार भएकोमा खुसी व्यक्त गर्नुभयो । यो गीतका शब्दले दर्शकको मन छुने उहाँको विश्वास छ ।

गीतकार सिवाकोटीले भने विगतमा आफूलाई दुःख, झमेला दिने पात्रहरूलाई सम्झिएर गीत लेखेको बताउँदै भिडियो हेर्दा आनन्द महसुस भएको बताउनुभयो । संगीतकार शर्माले गीतमा रामकृष्ण ढकालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

निर्देशक आचार्यले भिडियो राम्रो बन्न अडियो बलियो हुनुपर्ने तर्क राख्दै ‘काली’ गीतलाई न्याय गर्न भिडियोमा कुनै कसर नछाडेको बताउनुभयो ।

त्यस्तै, अभिनेत्री सापकोटाले भिडियोमा काम गर्दा रमाइलो भएको अनुभव साट्दै धेरै पछि फरक खालको पात्रमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?