दीपक-दीपाको चलचित्रमा बेनिशा र मलिना

Read Time = 1 min

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ चलचित्रका दुई प्रमुख महिला पात्रमा बेनिशा हमाल र मलिना जोशी अनुबन्धित हुनुभएको छ । दीपकको जोडीका रूपमा बेनिशा र सहायक अभिनेत्रीका रूपमा पूर्वमिस नेपाल समेत रहनुभएकी मलिना रहने बताइएको छ । चलचित्रमा हेमराज बिसीको निर्देशन रहनेछ ।

दीपक, दीपा, मलिना र बेनिशासहित चलचित्रमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, नीर शाह र निर्मल शर्माको समेत अभिनय रहनेछ । चलचित्रको आगामी साता भक्तपुरको सूर्यविनायक मन्दिरमा मुहूर्तसँगै छायांकन प्रारम्भ हुने बताइएको छ ।

चलचित्रको नाम भने फाइनल भइसकेको छैन । उक्त टिमले ‘श्री माग्ने राजा’ र ‘छक्कापञ्जा ४’ दर्ता गरिसकेको छ । तर, कुन शीर्षक रहने भन्ने विषयमा टिमले टुंगो लगाइसकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?