ग्लोबल आइएमईको नाफा पाँच अर्ब २० करोड

Read Time = 2 mins

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा पाँच अर्ब २० करोड रुपैैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा २५ प्रतिशतले वृद्धि गरेको हो । आर्थिक वर्ष २०७७/०७८ मा बैंकले चार अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी ९.२७ प्रतिशतले बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १५.०४ प्रतिशत र सञ्चालन मुनाफा २६.९० प्रतिशतले बढेको छ । गत वर्षको असारसम्म बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

बैंकले गत आवमा कुल दुई खर्ब ८६ अर्ब बचत संकलन गरेको छ भने दुइ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको तुलनामा बैंकको बचत तथा कर्जा लगानी सकारात्मक रूपमा वृद्धि भएको छ । बैंकको कुल ब्याज आम्दानी १० अर्ब ७४ करोड रहेको छ । जुन अघिल्लो आवको तुलनामा १७.५२ प्रतिशतले बढेको हो ।

बैंकको चुक्ता पुँजी १० प्रतिशतले बढेको छ भने जगेडा कोष २०.४२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा १.४१ प्रतिशतमा रहेको खराब कर्जा घटेर १.२२ प्रतिशतमा झरेको पनि बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?