अब माओवादीलाई देशको बागडोर लिनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई देशको बागडोर लिनबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ । जसपाबाट माओवादी प्रवेश गर्ने नेता कार्यकर्तालाई पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गर्दै प्रचण्डले आगामी निर्वाचनमा बलियो पार्टीको स्थापित हुने बताउनुभयो । ‘माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । यो देशका जाति जनजाति, आदिवासी, दलित, महिला, मुस्लिम सबै श्रमजीवी जनताको हक अधिकार स्थापित हुँदैन’ प्रचण्डले भन्नुभयोे, ‘पर्सामा माओवादी कमजोर छ । यो पार्टी प्रवेशले नयाँ उत्साह थप्ने छ । आउने निर्वाचनमा माओवादीलाई यो देशको बागडोर लिनबाट कसैले रोक्ने छैन ।’

पार्टी प्रवेश गरेर आउने नेता कार्यकर्तालाई विना आग्रह, विना हिचकिचाहट, जिम्मेवारी दिने प्रचण्डले बताउनुभयो । पार्टीमा भएका नयाँ र पुराना सबै नेता कार्यकर्ता हार्दिकतापूर्वक मिलेर काम गर्ने उहाँले बताउनुभयो । नागरिकता संशोधन विधेयक माओवादीकै जोडबलमा संसद्बाट पास हुन लागेको पनि प्रचण्डले दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?