चुनावका लागि सरकारले वृद्धभत्ता पाउने उमेर घटायो : ओली

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाउनुभएको छ । शुक्रवार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले वृद्धभत्ता पाउन सरकारले दुई वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताउनुभयो ।

उहाँले सो सम्बन्धमा त्यसबाहेक अन्य कुनै लजिक छ ? भन्दै सरकारलाई प्रश्नसमेत गर्नुभयो । उहाँले नेपाली कांग्रेस नेतृत्वको विगतका सरकारहरूप्रति संकेत गर्दै मुलुकको उद्योगधन्दा निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर राष्ट्रलाई कंगाल बनाएको पनि दोहो¥याउनुभयो ।
ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथमा लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरूको प्रवद्र्धनलाई बढावा दिने नीति लिएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘हामीले कृषिको उत्पादन कसरी बढाउने, त्यस सन्दर्भमा उद्योगलाई कसरी बढावा दिने ? आठवटा त हामीले विशेष खालका औद्योगिक क्षेत्र तयार ग¥यौँ । त्यसमा सुविधाका कुराहरू अगाडि बढायौँ । र, औद्योगिक क्षेत्रलाई कसरी बढावा दिने, प्राइभेटाइजेसनका नाममा भएका उद्योग बेचेर खाने नीति हामीले लिएनौँ ।’

ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले मुलुकको समृद्धिका लागि स्पष्ट बाटो लिएको स्मरण गर्न पनि विज्ञहरूलाई आग्रह गर्नुभयो । उहाँले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट भ्रष्ट रहेको दाबीसमेत गर्नुभयो । ओलीले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अर्थ मन्त्रालयको सिसिटिभी फुटेज हटाउनु, ड्यामेज गरिनु नै त्यसको पर्याप्त प्रमाण भएको तर्क गर्नुभयो । उहाँले न्यायालयका न्यायाधीशसमेत आफ्नै रहेको कांग्रेसले खोटाङको एम अधिकारीलाई खोजिरहेको भन्दै आपत्ति जनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?