गणराज्य र राज्यव्यवस्था

हिमालय टाइम्स
Read Time = 15 mins
A A- A+

✍️ डा.गणेशप्रसाद घिमिरे

ग्रिसका दार्शनिक प्लेटोले आदर्श गणराज्यको कल्पना गरे । उनको कल्पनाले आदर्श गणराज्यबाट नै राज्यका सबै अंग सक्रिय हुने र राज्यव्यवस्था सुुदृढ हुने विश्वास जगायो । प्लेटोको आदर्श राज्यको कल्पनाले नै आदर्शवादलाई जन्म दिएको देखिन्छ । आदर्शको कल्पना प्लेटोको जीवनको र उनको राजनीतिक दर्शनको सबैभन्दा ठूलो उपलब्धि मानिएको थियो । आदर्श गणराज्यको कल्पनामा प्लेटोले आदर्श मानिसको पनि कल्पना गरे । आदर्श नागरिक नभई आदर्श गणराज्य स्थापना नहुुने हुुनाले आदर्श नागरिकको कल्पना प्लेटोको ध्येय रहेको पाइन्छ ।

गणराज्यको सुुनिश्चितता त्यस राज्यमा देखिएको राजनीतिक व्यवस्थाको पहिचान हो । यही व्यवस्थाको पहिचानमा देखिने आधारले गणराज्यलाई सुुदृढ बनाएका हुुन्छन् । संसारमा गणराज्य सफल पनि भएका छन् र असफल पनि भएका छन् ।

उनको गणराज्यको कल्पना आदर्शमात्र नभई सर्वगुण सम्पन्न मानिएको थियो । गणराज्यका नागरिक शिक्षित, सामाजिक तथा आर्थिक दृष्टिले सम्पन्न हुनुुपर्ने भावलाई प्लेटोको गणराज्यको कल्पना थियो । उनले दार्शनिक दृष्टिबाट गणराज्यको कल्पना गरे । कुनै पनि राज्यव्यवस्था सुुदृढ नभएसम्म नागरिक सम्पन्न नहुने धारणालाई बाहिर ल्याए । त्यसैले गणराज्यका कल्पनाकार प्लेटो हुन् । उनको उक्त व्यवस्थाका सबै अंगको समुुचित व्यवस्थापन नै गणराज्यलाई बलियो बनाउने आधार मानियो । गणराज्यको कल्पनालाई उनले राज्यव्यवस्थामा आउने शासन पद्धतिको गतिलो तर्क मानेको पाइन्छ । यो कल्पना प्लेटोबाट आरम्भ भएको मानिए पनि गणराज्यको व्यवस्थापकीय पक्षलाई महाभारतले पनि देखाएको पाइन्छ ।

महाभारतमा गणराज्य :
महाभारतमा भीष्म पाण्डव र कौरवका हजुुरबुुबा हुन् । हजुुरबुुबाबाट नातिहरूले धेरै शिक्षा लिएका छन् । धृतराष्ट्र र उनका पुुत्र दुुर्योधनले उनको शिक्षालाई स्वीकार गरेनन् । जसका कारण उनीहरूले युुद्धमा हार बेहोर्नुुपर्‍यो । युुद्ध जितेका युुधिष्ठिरले राज्य सञ्चालन, राज्यव्यवस्था तथा त्यसमा देखिएका सबै सन्दर्भलाई सोधेर आफ्नो ज्ञानलाई फराकिलो बनाएका छन् । कुनै पनि राज्यको विकास गणतन्त्रमा हुने कुरा र गणतन्त्रले दिने अवस्थाका बारेमा भन्छन् :
यथा गणाः प्रैवर्धन्ते न भिद्यन्ते च भारत ।
अरींश्च विजिगीषन्ते सुहृदः प्राप्नुुवन्ति च ।।
यो युुधिष्ठिरको गणराज्यको उन्नति र प्रगतिको प्रश्न थियो । गणराज्यका जनता आफ्नो राज्य र राज्यव्यवस्थाका सबै अंगमा चनाखा भएर रहेका हुुन्छन् । त्यो सबै कुरा मलाई बताउनुुहोस् भन्ने आशयको प्रश्न भीष्मका अघि युुधिष्ठिरको देखियो ।
गणराज्यको सुुनिश्चितता त्यस राज्यमा देखिएको राजनीतिक व्यवस्थाको पहिचान हो । यही व्यवस्थाको पहिचानमा देखिने आधारले गणराज्यलाई सुुदृढ बनाएका हुुन्छन् । संसारमा गणराज्य सफल पनि भएका छन् र असफल पनि भएका छन् । सफलता र असफलता राज्यमा देखिने शासन व्यवस्थाको सञ्चालनमा देखिने आधार पनि हो । यही आधारले गणराज्यलाई जसरी गतिशील तुल्याएको हुुन्छ । त्यसमा शासकमा देखिने निस्वार्थ भावना, राज्य र जनताप्रतिको दायित्व पनि हो । युधिष्ठिर पुनः प्रश्न गर्छन् गणराज्यको व्यवस्थापकीय पक्ष र राज्य सुुदृढ हुने अवस्थालाई कसरी शासकले गति दिन सक्छ ।
भेदमूलो विनाशो हि गणानामुुपलक्षये ।
मन्त्रसंवरणं दुुःखं बहूूनामिति मे मतिः ।।
संघबद्ध राज्यको विनाशको मूल कारण आपसी द्वन्द्व हो । मानिसको समुदायलाई व्यवस्थित तरिकाले राख्न सबैभन्दा कठिन काम मानिएको छ । गणराज्यका बीचमा आपसी समझदारी र त्यसले निम्त्याउने समस्याको समाधान खोज्ने उपाय भएमा गणराज्य र त्यसको शासनपद्धति उन्नतशील रहने तर्कलाई उनले यहाँ उल्लेख गरेका छन् । गणराज्यका जनतामा एकअर्काबीचको सद्भाव सदा रहनुुपर्ने तर्क युधिष्ठिरको देखिएको छ ।

युुधिष्ठिरले मागेको यो प्रश्नको उत्तर भीष्मले उनलाई दिएका छन् । गणराज्य शासन व्यवस्थाहरूमा राज्य सञ्चालनको उत्तम परिकल्पना हो । यो व्यवस्थाका सन्दर्भमा भीष्म भन्छन् :
भेदे गणा विनेशुुर्हि भिन्नास्तुु सुुजयाः परैः ।
तस्मात् संघातयोगेन प्रयतेरन् गणाः सदा ।।
आपसमा शत्रुुताका कारण गणराज्यहरू नाश भएका हुन् । गणराज्यमा देखिएको विमतिका कारण शत्रुुहरूले सहजै उक्त राज्यलाई जित्न सक्छन् । गणराज्यहरू आपसमा एकताबद्ध र सुुदृढ भएर रहुनुु अति आवश्यक मानिएको छ । यदि एकाकाररूपमा गणराज्य रहेमा उक्त राज्यका सबै पक्ष सुुन्दर र सुुदृढ हुुने कुराको संकेत भीष्मले यहाँ गरेका छन् ।

व्यवस्थाका असल पक्ष :
गणराज्य आफैंमा सबल राज्यव्यवस्था हो । यो व्यवस्थाले सबैको सम्मान गर्ने र व्यवहारका दृष्टिले पनि समान रहने तर्कलाई उल्लेख गरिएको छ :
धर्मिष्ठान् व्यवहारांश्च स्थापयन्तश्च शास्त्रतः ।
थयावत् प्रतिपश्यन्तो विवर्धन्ते गणोत्तमा ।।
गणराज्यका सभ्य र श्रेष्ठ नागरिक शास्त्रअनुसार धर्मअनुुकूल व्यवहारलाई सञ्चालनमा ल्याउने खालका हुुन्छन् । समान व्यवहारपूूर्वक सबैको हित हुुने कामलाई गतिशील तुल्याएका हुुन्छन् । यही नै गणराज्यको व्यवस्थामा देखापरेका असल पक्ष हुन् ।

गणराज्यमा नागरिकलाई समान व्यवहारको कल्पना गरिएको छ । समान व्यवहारका माध्यमबाट सञ्चालन हुने राज्यमा शासन व्यवस्था पनि गतिशील र व्यवस्थित हुने कुरा महाभारतले उठाएको छ । गणराज्यको न्याय व्यवस्थाका सन्दर्भमा भनिएको छ :
पुुत्रान् भातृन् निगृहण्न्तो विनयन्तश्च तान् सदा ।
विनीतांश्च प्रगृहन्तो विवर्धन्ते गणोत्तमाः ।।
गणराज्यमा शासकका भाइ, छोरा तथा आफन्त पनि कुमार्गमा चलेका छन् भने दण्डका भागी मानिन्छन् । उनीहरूलाई उचित शिक्षा दिएर उचित कर्ममा समर्पित गर्नु गणराज्यको सबल पक्ष मानिएको छ । गणराज्यमा देखिएका असल पक्ष र त्यहाँ आएका सन्दर्भले उक्त राज्यको व्यावहारिक पक्षलाई सम्हालेको हुनुुपर्दछ । गणराज्यको शासकले आफ्नो शक्तिको दुुरूपयोग गर्न पाउँदैन । गणराज्यको शासकले परस्परमा एकअर्कालाई फुुटाएर शासन गर्ने मनसाय राखेमा तत्काल कारबाही गर्नुपर्ने धारणा यहाँ राखिएको छ ।
तेषामन्योन्यभिन्नानां स्वशक्तिमनुुतिष्ठताम् ।
निग्रह पण्डितैः कार्यः क्षिप्रमेव प्रधानतः ।।
गणराज्यको शासकले एकअर्का राज्यलाई फुुटाएर शासन व्यवस्था चलाउने अभिलाषा राखेमा तत्काल कारबाहीको भागी हुने कुरालाई यहाँ उल्लेख गरिएको छ । गणराज्यको शासन व्यवस्थाका सबै अंग निष्पक्ष र व्यवहार कुशलताका रूपमा रहनुुपर्ने भावलाई शासकीय व्यवस्थाको अन्तिम रूप मानिएको छ । नागरिकका बीचमा असल व्यवहार र भावलाई सदा प्रयोगमा ल्याएर चलाउने शासकीय पद्धति नै गणराज्यको मान्यता हो । गणराज्यमा रहेका राज्यका बीचमा देखिएको शत्रुतालाई मेटाएर सबल, सक्षम, कुुशलताको पहिचान दिनु गणराज्यका शासकको मूल आवश्यकता मानिएको छ ।

हामी गणतन्त्रात्मक संघीय पद्धतिमा छौँ । एकात्मक राज्य व्यवस्थालाई आन्दोलनका माध्यमबाट समाप्त पारेर संघीय व्यवस्थालाई अपनाएर शासन व्यवस्था सञ्चालन गरिरहेका छौँ । यो व्यवस्था आफैँमा सुुन्दर व्यवस्था मानेका छौँ । जनताका मौलिक हकलाई संविधानमा सुुरक्षित बनाएका छौँ ।

गणराज्यको कल्पना प्लेटोले गरे । महाभारतले पनि गणराज्यको व्यवस्थापकीय पक्षलाई जीवन्त बनाएर बाहिर ल्यायो । संसारमा चलेका, व्यवस्थित भएका र अव्यवस्थित रहेका राज्यको भावलाई महाभारतले बाहिर ल्याएको पाइन्छ । महाभारतका पिता मानिने भीष्मले जुन तरिकाले युुधिष्ठिरलाई गणराज्यका सबल पक्ष बताए त्यस्तै उक्त व्यवस्थाका कमजोर पक्ष पनि रहेको तथ्यलाई नकार्न सकिँदैन । शासन व्यवस्थाका सबल पाटाहरू शासकमा हुने गुुणहरू हुन् । ती गुुण र शासकको निस्वार्थ भावनाका कारण व्यवस्थाले गति पाउने सन्दर्भलाई महाभारतमा उल्लेख गरिएको पाइन्छ । यही परम्परा नै गणतन्त्रको सुुन्दर पक्ष हो ।

हाम्रो शासन पद्धति :
हामी गणतन्त्रात्मक संघीय पद्धतिमा छौँ । एकात्मक राज्य व्यवस्थालाई आन्दोलनका माध्यमबाट समाप्त पारेर संघीय व्यवस्थालाई अपनाएर शासन व्यवस्था सञ्चालन गरिरहेका छौँ । यो व्यवस्था आफैंमा सुुन्दर व्यवस्था मानेका छौँ । जनताका मौलिक हकलाई संविधानमा सुुरक्षित बनाएका छौँ । यही व्यवस्थामा गतिशील बनेका हामीले गाउँ-गाउँमा सिंहदरवारको नारा घन्कायौँ । गाउँ-गाउँमा सिंहदरवार पुुर्‍याउन सफल पनि भयौँ । यो हाम्रो शासन व्यवस्थामा देखापरेको सबल पक्ष हो ।

हाम्रो सानो मुलुुक शासकीय व्यवस्थाले समुुन्नत बनाउला भन्ने आशामा समर्पित बन्यौँ । महाभारतको गणतन्त्रात्मक व्यवस्थाका सबै पक्षमा हामीले ध्यान दिन सकेनौँ । शासनमा रहेका र शासनको स्वाद चाखेका व्यक्ति आफ्नो दुुनो सोझ्याउन सदा लालायित देखिएका छन् । अनुुभवी, दक्ष व्यक्तिका नाममा सत्तरी वर्ष काटेका व्यक्तिहरू नै सदा सत्ताको स्वादमा रमाइरहेका छन् । आफ्नालाई सबै सुुविधा दिने र भ्रष्टाचारको नाइके बनाउने पद्धतिले दिनानुुदिन जरा गाडिरहेको छ । व्यवस्था आएको दश वर्ष नपुुग्दै नेपाली जनतामा व्यवस्थाप्रतिको अरुचि बढ्दै गएको छ । सबै अधिकार स्थानीय तहलाई दिने नाममा शासनमा भ्रष्टाचार मौलाएको छ । सत्ताको स्वाद चाखिरहेका मानिस त्यसको जिम्मा लिन तयार देखिएका छैनन् ।

आजको व्यवस्थामा देखिएको यो वितृष्णा देशका लागिभन्दा पनि शासकका लागि खतरा नबनोस् । देश विकासलाई समुुन्नत र नेपालीको अवस्थालाई जीवन्त राख्न कुनै पनि कदम अघि बढ्न सकेको छैन । आफ्ना आफन्त, आसेपासे र भजनमण्डलीको कुरालाई सबैभन्दा बढी महत्व दिने व्यक्ति नै शासन सत्तामा निरन्तर पौडिरहेका छन् । कसरी यो देशले गति लिने होला । देशमा नागरिक कम राजनीतिक दलका कार्यकर्ता र नेताहरू बढी देखिएका छन् । दिन प्रतिदिन कमजोर बन्दै गएको देशको अवस्थालाई कसैले बुुझ्न सकेको छैन । महाभारतकालीन गणतन्त्रलाई सुुदृढ गराउन नसके पनि आजको शासन व्यवस्था नेपाल र नेपालीको समुुन्नतिका लागि होस् भन्ने कामनासहित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?