साफ यू-२० फुटबल खेल्न नेपाली टिम भुवनेस्वर पुग्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारतमा आगामी साताबाट सुरु हुने यू २० साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाली युवा फुटवल टोली भुवनेस्वर पुगेको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार बिदाइ गरेको थियो ।

एन्फाले प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिममा प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान छन् ।

प्रतियोगिता भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा २५ जुलाईबाट सुरु हुनेछ । नेपालले पहिलो खेलमा २५ जुलाईमा माल्दिभ्सको सामना गर्नेछ ।

दोस्रो खेल २७ जुलाईमा श्रीलंका र तेस्रो खेल ३१ जुलाईमा भारतको सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?