नारायणगढ-मुग्लिन सडक अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा दुइतर्फी रुपमै सडक अवरुद्ध बनेको हो ।

अबरुद्ध सडक खुलाउन अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?