वेस्ट इन्डिजविरुद्ध भारत तीन रनले विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारतले घरेलु टोली वेस्ट इन्डिजबिरुद्दको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन रनको जित निकालेको छ । यससँगै भारतले तीन खेलको शृंखलामा १० को अग्रता बनाएको छ ।

शुक्रबार राति क्विन्स पार्क ओभलमा भारतले दिएको ३०९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५० ओभरमा ६ विकेट गुमाएर ३०५ रनमा समेटियो । वेस्ट इन्डिजका केली मेयर्सले सर्वाधिक ७५ रनको बनाए । भारतका मोहमद सिराज, शार्दुल ठाकुर र युजभेन्द्र चाहलले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउदै ३०८ रन बनायो । भारतका कप्तान शिखर धवनले सर्वाधिक ९७ रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेप र गुडाकेश मोटीले समान २ विकेट लिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?