रुस र युक्रेनबीच अन्न निर्यात सम्झौतामा हस्ताक्षर

हिमालय टाइम्स
Read Time = 3 mins

किभ । युक्रेन र रुसले किभलाई ब्ल्याक सी हुँदै अन्न निर्यात गर्ने एउटा सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौतासँगै युद्धका कारण युक्रेनमा रहेको दशौँ लाख टन अन्न निर्यात गर्ने बाटो खुलेको छ । युक्रेन संकटका कारण विश्वमा खाद्यन्न आपूर्तिमा अभाव देखिएको थियो ।

२४ फेब्रुवरीमा रुसी हमलापछि लाखौँ मानिस आवश्यक खानेकुराबाट बञ्चित थिए । टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात पुनः सुरु गर्न रुससँग सम्झौता गरेको बताएको छ । उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हस्ताक्षर गर्न रुसी र युक्रेनी समूह शुक्रबार इस्तानबुल पुगेका थिए । सहमतिअनुसार ढुवानी ट्रान्जिटमा हुँदा रसियाले बन्दरगाहहरूलाई निशाना बनाउने छैन् । युक्रेनी जहाजहरूले मालवाहक जहाजहरूलाई मार्गनिर्देशन गर्नेछन् ।

संयुक्त राष्ट्रसंघको सहयोगमा टर्कीले जहाजहरुको निरीक्षण गर्नेछ । त्यस्तै, ब्ल्याक सी मार्फत अन्न र मलको रूसी निर्यातको सुविधा गरिनेछ । जहाजमा हतियार तस्करी हुने रुसी त्रासबीच टर्कीले निरीक्षण गर्ने सहमति भएको हो ।

सम्झौताको खबरसँगै विश्व बजारमा गहुँको मूल्यमा गिरावट आउने अनुमान गरिएको छ । युक्रेन विश्वको सबैभन्दा ठूलो अन्न उत्पादकमध्ये एक हो र रसियाले यसको प्रमुख ब्ल्याक सी बन्दरगाहहरू अवरुद्ध गरेको छ ।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनसँग १० अर्ब डलर मूल्य बराबरको अनाज बिक्रीमा रहेको बताएका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?