पुष्पलालबाट दीक्षित भएर नेकपा एस निर्माण गरेका हौंः अध्यक्ष नेपाल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठवाट दीक्षित भएर नेकपा एमालेवाट बिद्रोह गरेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुग्नुभएका अध्यक्ष नेपालले पुष्पलालको शिक्षा दीक्षाबाट दीक्षित भएर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेको पनि बताउनुभएको छ ।

नेकपा एमालेवाट बिद्रोह गरी नेकपा एस निर्माण गरेर नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा नयाँ कीर्तिमान कायम गरेकोसमेत अध्यक्ष नेपालको भनाई छ।

‘कमरेड पुष्पलालको शिक्षा र दीक्षाबाट दीक्षित भएका हामीले नेकपा एमालेवाट बिद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टीजस्तो क्रान्तिकारी पार्टी निर्माण गरेका छौं । नयाँ निर्माण भएको पार्टीको नेपाल कम्युनिष्ट आन्दोलनमा यसको छुटै अस्तित्व रहेको छ।’

नेपालले  नयाँ पार्टी निर्माण पछि नेतृत्वको काँधमा अनेक चुनौतिहरु भए पनि आत्तिनुपर्ने अवस्था नभएको भन्दै संगठन निर्माणलाई बलियो बनाउनु पर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?