-पुरन साह
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सदनबाट नागरिकताको समस्या सदाका लागि अन्त्य हुने आफुले भनेको कुरा आज सत्य भएको बताउनु भएको छ ।
जनकपुरधाम विमानस्थलमा पत्रकारहरु संगको कुराकानीमा पूर्व प्रधानमन्त्री समेत रहनुभएको अध्यक्ष प्रचण्डले यस अघि आफुले जनकपुरधाममै आउने सदनबाट बाबुआमा नेपाली नागरिक भएकाको सन्तानलाई नागरिकता लिन समस्या सामधान हुने भनेको कुरा आज सत्य सावित भएको बताउनु भयो ।
नागरिकता विधेयक पारित भएपछि आज पुनः जनकपुरधामबाटै यो कुरा भन्न पाउँदा आफुलाई खुसी लागेको र मधेशको लागि समेत खुसीको कुरा भएको उहाँले बताउनु भयो । उहाँले बामगठबन्धन र समाजवादी केन्द्र सुन्दा मात्र फरक रहेपनि दुवै कुरा एउटै रहेको बताउनु भयो । बाम गठबन्धन नै समाजवादी केन्द्र हुने बताउँदै उहाँले डा.बाबुराम भट्टराई मात्र नभई सो एकतामा उपेन्द्र यादवको जसपा पनि समावेश हुन सक्ने बताउनु भयो ।
डा.भट्टराई एकतामा आउन प्रतिवद्व रहेको र यादवसंग पनि कुराकानी भइरहेको उहाँको भनाइ थियो । दिल्लीमा आरजु र आफनो भेट संयोग मात्र रहेको उहाँले दावी गर्नुभयो । राजदुतले चिया खानका लागि दुवैजनालाई बोलाएकाले मात्र आफुहरुको भेट भएको र भेटमा कुनै पनि राजनीतिक कुराकानी नभएको उहाँले दावी गर्नुभयो् । मोदीले त्यसै कारण भेट नदिएको भनि भएको प्रचार अपराधिक कुप्रचार रहेको उहाँको टिप्पणी छ । प्रचण्डसंगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समेत जनकपुरधाम आइपुग्नुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका