समलिंगी प्रेम कथाको ‘मिरा’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । समलिंगी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मिरा–दी टेल्स अफ लाइफ’ युट्युबमा सार्वजनिक भएको छ । युट्युब च्यानल आश्वी फिल्म्सबाट सर्ट फिल्म रिलिज गरिएको हो ।

फिल्ममा दुई युवतीले प्रेम आफैंमा यस्तो सुन्दर शब्द छ, जुन शब्दले जीवन नै परिवर्तन बनाइदिन्छ भनेर देखाउन खोजेका छन् । अनिता पण्डितको डेब्यु निर्देशन रहेको फिल्ममा अनिताकै छायाङ्कन छ ।

विजेश पौडेलको सम्पादन तथा कलर रहेको फिल्मको साउन्ड डिजाइन सन्जाल भण्डारीको छ ।

फिल्ममा स्पट डाइरेक्टरको रूपमा अशोक भुजेलले साथ दिएका छन् । फिल्ममा अनितासँगै अर्नभी ढुंगाना, मौसम खड्का र अभिषेकको अभिनय रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?