इनारमा एक पुरुषको शव फेला

Read Time = 1 min

सिरहा । सिरहाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

उक्त शव गोलबजार नगरपालिका(९ डण्डाका ४५ वर्षीय रामजतन पासवानको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । पासवान हिजो बेलुकादेखि हराइरहेको र उनको चप्पल र गञ्जी इनार नजिकै फेला परेको प्रहरीले बताएको छ।

शनिबार बिहान उनको गञ्जी र चप्पल भेटिएको आधारमा इनारको पानी फालिएको थियो । यही क्रममा शव पनि देखिएको हो । प्रहरी र सेनाले शव निकाल्ने प्रयास गरे पनि नसकेपछि इटहरीबाट गोताखोर टोली ल्याएर निकाल्ने कोसिस भइरहेको छ।

इनारमा अक्सिजनको मात्रा कम भएकाले निकाल्न नसकिएको स्थानीयको भनाइ छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?