सरिता गिरी फेरि राजनीतिमा सकृय : नागरिकता विद्येयक आएकोमा खुशी व्यक्त

Read Time = 5 mins

काठमाडौं । पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरी नेपाल सद्भावना पार्टीमा सक्रिय हुने हुनु भएको छ ।

उहाँलाई आज पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले दोसल्ला र माला ओढाएर पार्टीमा स्वागत गर्नुभयो । गिरीले पनि आफू पूरानो घरमा फर्किएको भन्दै खुशी साट्नुभयो ।

आज रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच गिरीलाई उक्त पार्टीमा स्वागत गरिएको र आगामी दिनमा पार्टीले देशलाई नै नेतृत्वदायी भूमिका प्रदान गर्ने विश्वास लिईएको छ ।

कार्यक्रममा बोल्दै गिरीले आफूले कहिल्यैपनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको स्मरण गराउनु भयो । उहाँले भन्नुभयो–‘म आज सदस्यको रुपमा उपस्थिति भएको छु । मैले सद्भावना पार्टी कहिल्यैपनि परित्याग गरेको थिईनँ । यो गजेन्द्रबाबुले स्थापना गरेको पार्टी हो । उहाँकै योगदानको कारण आज मुलुकमा संघीयता आएको हो । मैले अपराधिक तत्वबाट पार्टी जोगाएको थिएँ । पछि नेपाल सद्भावना पार्टीको अस्तित्व रहेन । अहिले युवाहरु हुनुहुन्छ । तपाईँहरुले पार्टीलाई अघि बढाउनुभएको छ। म खुशी छु ।’

गिरीले मधेश, नेपाल र संघीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गर्नुभयो । उहाँले भन्नुभयो,‘जबसम्म नेपाल, मधेश र संघीयता भन्ने यी तीन चिज रहन्छ, तबसम्म यो पार्टीको अस्तित्व रहनेछ । यो २०४७ सालमा स्थापना भएको संघीयतावादी र मधेशवादी पार्टी हो । मैले जहाँबाट व्यवहारिक राजनीतिको क, ख, ग सिकेको थिएँ, म गजेन्द्रबाबुराको शिष्य हो । म पूनः यस घरमा आएँ । म ईश्वरप्रति आभारी छु ।’
नेपाल सद्भावना पार्टी किन चाहियो ? भन्ने विषयमा उहाँले लामो प्रवचन दिनुभयो । उहाँले भन्नुभयो,‘२०६५ सालबाट मैले नजिकबाट संविधानसभा र केन्द्रको राजनीति देखें । मैले जुन कुरा सिक्न पाएँ, बुझन् पाएँ कि देशमा सरकार कसरी सञ्चालन हुन्छ भनेर, त्यो पनि एउटा अनुभवको कुरा हो । देशमा अहिले पनि राजनीतिक समस्या यथावत छ ।’ उहाँले आफूले केही राजनीतिक मुद्दामा अडान लिँदा आफूमाथि राजनीतिक आक्रमण र कारबाही पनि भएको स्मरण गराउनु भयो ।

उहाँले ढिलै भएपनि नागरिकता विद्येयक आएको भन्दै खुशी व्यक्त गर्नुभयो । तर, अहिलेपनि नागरिकताको नाममा महिलामाथि विभेद कायमै राखिएकोमा भने उहाँको गुनासो थियो । उहाँले नागरिकता विद्येयकको सवालमा कम्युनिष्ट पार्टीहरुले सुरुमा चर्को विरोध गरेको पनि स्मरण गराउनु भयो । उहाँले भन्नुभाये,‘वाम राष्ट्रवाद भनेको के हो ? सरकारमा बस्नको लागि स्विकार गर्ने ? यो भन्दा पहिले ७ वर्षदेखि तर्क, वादविवाद गर्नुभयो । अहिले सद्बुद्धि आएको छ । म धन्यवाद ज्ञापन गदर्छु । अब आर्थिक नीति परिवर्तनको लागि पनि आवाज मधेशबाट नै उठ्छ । नेपालका सबै पूराना दल असफल भए ।’ उहाँले आफूहरुकै नेतृत्वमा समतामूलक समाज बन्ने दाबी पनि गर्नुभयो ।
उक्त पार्टीले भने स्वतन्त्रता, समानता, संघीयता, स्वराज, सुराज, समृद्धि र सामाजिक न्यायका लागि देशव्यापी रुपमा सक्रिय भूमिका निर्वाह गर्ने र देशलाई नेतृत्व गर्ने विश्वास लिाएको छ ।

कार्यक्रममा पार्टीका कार्यकारिणी सदस्य नागेन्द्रकुमार सिंह, कार्यक्रमको सभा अध्यक्ष समेत गरेका केन्द्रीय अध्यक्ष रामकुमार महतो, केन्द्रीय सदस्यहरु सुनितादेवी महतो, सत्यनारायण प्रसाद रौनियार, भरतप्रसाद साह, जयनारायण यादवलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सो क्रममा नेता गिरीलाई सदस्यता नविकरणको प्रमाणपत्र प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?