थप ३३५ जनामा कोरोना संक्रमण, ८६ जना संक्रमणमुक्त

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ८८ पीसीआर परीक्षणमा २१६ र १ हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ भने सोही अवधिमा ८६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ९७१ रहेको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?