महिला टोलीको मुख्य प्रशिक्षकमा थापा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ । आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि एन्फाले थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । प्रशिक्षक थापाले यसअघि पनि महिला टोलीलाई प्रशिक्षण गराइसक्नुभएको थियो । त्यस्तै एन्फाले महिला टोलीको टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको जनाएको छ ।

प्रतियोगितामा विभिन्न सात राष्ट्रको सहभागिता रहनेछ । जसमा आयोजक नेपालसँगै भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् । नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो ।

साफ च्याम्पियनसिपको छैटौँ संस्करण भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । एन्फाले प्रतियोगिता आयोजनाका लागि मूल आयोजक समितिसँगै विभिन्न पदमा पनि जिम्म्मेवारी दिएको छ । एन्फाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक समिति गठन गरेको छ । उक्त समितिमा सबै उपाध्यक्ष र कार्यसमिति सदस्य रहनेछन् ।

प्रतियोगितामा रविन्द्र चन्द भेन्यु म्यानेजर, विजय घले लोकल जनरल को-अर्डिनेटर तथा दिनेश व्यञ्जनकार सुरक्षा प्रमुख रहनुहुनेछ । सञ्जीव शिल्पकारले मार्केटिङ, ब्रोडकास्ट र डिजिटल राइट्सको जिम्मेवारी लिनुहुनेछ ।

प्रतियोगिताका खेलहरू दशरथ रंगशाला हुने सम्भावना छ । आयोजक नेपालसहित सात राष्ट्रले प्रतियोगितामा भाग लिनेछन् । पाँचपटकको विजेता भारत प्रतियोगिताको स्वाभाविक दावेदार हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?