वेस्ट हृयामले स्कामाकालाई अनुबन्ध गर्ने

Read Time = 1 min

लन्डन । इंग्लिस प्रिमियर लिग क्लब वेस्ट हृयामले इटालियन स्ट्राइकर जियानलुका स्कामाकालाई अनुबन्ध गर्ने भएको छ । जियानलुका अनुबन्धका लागि वेस्ट हृयाम र इटालियन क्लब सासोउलोबीच सहमति बनेको बताइएको छ ।

२३ वर्षीय स्ट्राइकरलाई २३.५ मिलियन तिरेर वेस्ट हृयामले अनुबन्ध गर्न लागेको हो । वेस्ट हृयामले चौथो खेलाडीका रूपमा उहाँलाई अनुबन्ध गर्ने भएको हो ।

जियानलुकाले गत सिजन ३६ खेलमा १६ सिरी ए गोल गर्नुभएको थियो । उहाँ दोस्रो सर्वाधिक गोलकर्ता बन्नुभएको थियो । इटालीका लागि उहाँले सात खेल खेलिसक्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?