जुडो टोली फर्कियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । थाइल्यान्डको बैंककमा भएको एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी भई नेपाली जुडो टोली स्वदेश फर्किएको छ । साउन १ गतेदेखि सुरु प्रतियोगिताको क्याडेटमा दुई तथा जुनियरमा दुई गरी चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेलले पहिलो चरणमा थाइल्यान्डका खेलाडीबाट वाकओभर पाउनुभयो । त्यसपछि उहाँ काजाकिस्तान र ताइपेईंका खेलाडीसँग पराजित हुनुभयो ।

महिला ४८ केजीमुनि निशा श्रेष्ठ पदकनजिक पुग्नुभएको थियो । रिपाचेजमा निशा काजाकिस्तानकी खेलाडीसँग चुक्नुभयो । त्यो भिडन्त जितेको भए निशाको कास्य पदक पक्का हुने नेपाल जुडो संघका उपाध्यक्ष सूर्यनारायाण श्रेष्ठले जनाउनुभएको छ । रिपाचेजअघि निशा उज्वेकिस्तानकी खेलाडीसँग पछि पर्नुभएको थियो ।

जुनियरको पुरुष ६० केजीमुनि मंगोलियाका खेलाडीले उत्तम प्रधान श्रेष्ठलाई हराउनुभयो । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठले पहिलो खेलमा भारतकी खेलाडीलाई पराजित गर्नुभयो । सेमिफाइनलमा देवकीले काजाकिस्तानकी खेलाडीसँग पराजय बेहोरे पनि रिपाचेजमा पुनः अवसर पाउनुभयो । कास्य पदकका लागि भएको रिपाचेजमा देवकी उज्वेकिस्तानकी खेलाडीसँग चुक्नुभयो । देवकी र निशा दिदीबहिनी हुनुहुन्छ । नेपालबाट सहभागी चारै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?