इंग्ल्यान्डको सानदार जित

Read Time = 4 mins
A A- A+

लन्डन । इंग्ल्यान्डले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा दक्षिण अफ्रिकामाथि ११८ रनको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज एक-एकको बराबरीमा पुगेको छ ।

जितका लागि २०२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ८३ रनमा अलआउट भयो । वर्षाका कारण २९ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले ४० बलमा दुई चौकासहित सर्वाधिक ३३ रन बनाउनुभयो । यस्तै डेविड मिलर १२ र ड्वेन प्रिटोरियसले १७ रन जोड्नुभयो ।

त्यसबाहेक दक्षिण अफ्रिकाका क्विन्टन डि कक पाँच रनमा आउट हुँदा जान्नेमान मलान, रास्सी भान डर डुसेन र एडेन माक्ररमले खाता नै खोल्न सक्नुभएन । इंग्ल्यान्डका स्पिनर आदिल राशिदले सर्वाधिक तीन विकेट लिनुभयो । रिस टोप्ली र मोइन अलीले दुई–दुई विकेट लिनुभयो । साम करन र डेविड विल्लीले एक-एक विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले २८.१ ओभरमा सबै विकेट गुमाएर २०१ रन बनाएको थियो । इंग्ल्यान्डका लियम लिभिङस्टोनले २६ बलमा एक चौका र तीन छक्कासहित सर्वाधिक ३८ रन बनाउनुभयो । साम करन १८ बलमा दुई चौका र तीन छक्कासहित ३५ रनमा आउट हुनुभयो । ओपनर जेसन रोय १४, जोनी बेयरस्टो २८, फिलिप साल्ट १७, जो रुट एक, मोइन अली ६, जस बटलर १९, डेविड विल्ली २१ र आदिल राशिदले १२ रन जोड्नुभएको थियो ।

दक्षिण अफ्रिकाका ड्वेन प्रिटोरियसले ६ ओभरमा ३६ रन खर्चेर चार विकेट लिनुभयो । त्यसबाहेक तबरेज शाम्सी र एनरिच नोर्कियाले दुई–दुई विकेट लिनुभयो । पहिलो खेलमा दक्षिण अफ्रिका ६२ रनले विजयी भएको थियो ।

न्युजिल्यान्डको क्लिनस्विप
न्युजिल्यान्डले आयरल्यान्डसँगको तीन टी-२० अन्तर्राष्ट्रिय खेलको सिरिजमा क्लिनस्विप गरेको छ । न्युजिल्यान्डले तेस्रो खेलमा आयरल्यान्डलाई ६ विकेटले हराउँदै तीनवटै खेल जितेको हो ।

जितका लागि १७५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । न्युजिल्यान्डका ग्लेन फिलिप्स ४४ बलमा एक चौका र एक छक्कासहित ५४ रनमा अविजित रहनुभयो । यस्तै जेम्स निसम ६ बलमा दुई चौका र दुई चौकासहित २३ रनमा अविजित रहनुभयो ।

यस्तै डर्याल मिचेल ३२ बलमा पाँच चौका र एक छक्कासहित ४८ रनमा आउट हुनुभयो । ओपनर फिन एलेन १४, मार्टिन गुप्टिल २५ र डेन क्लेभर पाँच रनमा आउट हुनुभयो । आयरल्यान्डका जोशुआ लिटिलले सर्वाधिक दुई विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनायो । आयरल्यान्डका मार्क आदिर १५ बलमा दुई चौका र चार छक्कासहित ३७ रनमा अविजित रहनुभयो । ओपनर पउल स्टर्लिङ २९ बलमा तीन चौका र तीन छक्कासहित ४०, लोर्कान टकर २८ र हृयारी टेक्टर २३ रनमा आउट हुनुभयो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?