बेल्जियमलाई हराउँदै स्विडेन सेमिफाइनलमा

Read Time = 2 mins

लन्डन । स्विडेनले बेल्जियमलाई स्तब्ध पार्दै महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । स्विडेनले बेल्जियमलाई १-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । खेलको २५औँ मिनेटमा स्टिना ब्ल्याकस्टेनिअसले गोल गरे पनि अफसाइडका कारण गोलले मान्यता नपाउँदा स्विडेन अग्रता लिनबाट चुकेको थियो । तर, इन्जुरी समयको अन्तिम समयमा लिन्डा सेमब्रान्टले निर्णायक गोल गर्दै स्विडेनलाई सेमिफाइनलमा पुर्‍याउनुभयो ।

अब स्विडेनले सेमिफाइनलमा आयोजक इंग्ल्यान्डसँग मंगलबार राती प्रतिस्पर्धा गर्नेछ । यसअघि इंग्ल्यान्ड र जर्मनीले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

अस्ट्रियामाथि सहज जित निकाल्दै जर्मनीले सेमिफाइनलमा स्थान बनाएको हो । जर्मनीले अस्ट्रियालाई २-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । इंग्ल्यान्डको ब्रेन्टफर्ड कम्युनिटी स्टेडियम ब्रेन्टफर्ड मिडलसेक्समा भएको खेलमा जर्मनीको जितमा लिना मागुल र एलेसान्द्रा पोपले गोल गर्नुभएको थियो ।

अर्को खेलमा इंग्ल्यान्डले स्पेनलाई अतिरिक्त समयमा दुई-एक गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?