किरणको टोली माल्दिभ्समा च्याम्पियन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली गोलरक्षक किरण चेम्जोङ सम्मिलित माजिया स्पोर्ट्स एन्ड रिक्रियसन दुई खेल बाँकी छँदै माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको च्याम्पियन बनेको छ । माजियाले दा ग्राण्डेलाई १-० ले पराजित गरेपछि दुई खेल बाँकी छँदै उपाधि जित्न सफल भएको हो । माजियाको जितमा टाना डोमिंगेजले गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै माजियाले १९ खेलबाट ५४ अंक जोडेको छ ।

दोस्रो स्थानमा रहेको क्लब इगल्सले ४६ अंक जोडेको छ । माजियाले लगातार तेस्रोपटक उपाधि जित्दै उपाधिमा हृयाट्रिक गर्न सफल भएको हो । समग्रमा माजियाको यो चौथो लिग उपाधि हो । माजियाले पहिलोपटक सन् २०१६ मा लिग उपाधि जितेको थियो ।

माल्दिभ्समा किरणको यो पहिलो तथा व्यक्तिगतरूपमा दोस्रो लिग उपाधि हो । यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधि जित्नुभएको थियो । त्यतिबेला किरणले उत्कृष्ट गोलरक्षकको अवार्ड जित्नुभएको थियो । लिग उपाधि जितेपछि किरणले यो आफ्ना लागि र समग्र नेपाली फुटबलको विकासका लागि महत्वपूर्ण भएको बताउनुभयो । उहाँले उपाधिले आफ्नो आत्मबल थप मजबुद भएको भन्दै यहाँको अनुभव नेपाली फुटबलमा प्रयोग गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?