वान्तुको ‘आँखैको भाकैमा…’

Read Time = 2 mins

काठमाडौं । वरिष्ठ गीतकार/कवि/गजलकार तथा सामाजिक अभियन्ता अमर वान्तुको नयाँ गीत ‘आँखैको भाकैमा हाम्रो पर्‍यो मायाजाल’ सार्वजनिक भएको छ । वेदु सारु मगर र रिता केसीको स्वर, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत, राजु कार्कीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

एकेस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा प्रकाश मिश्रको ध्वनि सम्पादन रहेको छ । गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ ले सम्पादन गर्नुभएको हो ।

दाङ घोराहीको बाह्रकुने ताल घुम्न जाँदा आँखैको भाकैमा मायाप्रेम बसेको गीतमा व्यक्त गरिएको छ । गीतमा दाङमा भएका ऐतिहासिक र पर्यटकीय महत्वका स्थानहरूको चर्चा गरिएको छ ।

वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/श्रोता र दर्शकमाझ आएका छन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक भएका छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान...’ लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?