काठमाडौं । चलचित्र ‘सम्झना-बिर्सना’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । निमेष प्रधान निर्देशित चलचित्र गत शुक्रबार अर्थात् ३१ असारदेखि देशव्यापी प्रदर्शनमा छ । रेविका प्रधान र अद्वितीय प्रधानले निर्माण गरेको चलचित्रले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।
आकाश श्रेष्ठ, पूजा शर्मा, सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा मुख्य भूमिकामा रहेको चलचित्र राजधानी र उपत्यकाका मल्टिप्लेक्स तथा सिंगल थिएटरमा दोस्रो सातामा समेत उत्साहजनकरूपमा प्रदर्शन भइरहेको जानकारी निर्देशक प्रधानले दिनुभएको छ ।
निर्देशक प्रधानकै लेखन रहेको चलचित्रमा आकाश, पूजा र छुल्ठिमबीचको त्रिकोणात्मक प्रेमका साथै दार्जिलिङको चिया बगानमा कार्यरत मजदुरको जीवनशैली, पीडा, समस्या र हकअधिकारको कुरालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । चलचित्रको कार्यकारी निर्माता सुवास भुर्तेल हुनुहुन्छ ।
दार्जिलिङ, सिलिगुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको चलचित्र आरआर फिल्मस्ले वितरण गरेको हो । शिव ढकालको छायांकन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल, निमेष प्रधानलगायतको संगीत रहेको चलचित्र १६ सेक्टेम्बरबाट भारतका विभिन्न शहरमा एकसाथ प्रदर्शन हुने तयारीमा रहेको निर्माता अद्वितीयले जानकारी दिनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका