मेगा बैंक १३औँ वर्षमा

Read Time = 3 mins

काठमाडौं । मेगा बैंक १३औँ वर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

१२ सय १९ जना संस्थापक शेयरधनीको लगानीमा १४ जना संस्थापक र चार जनाको रणनीतिक समूहको अथक मेहनत र सहजीकरणमा मेगा बैंक स्थापना भएको उहाँले बताउनुभयो । मेगा बैंकले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले छोटो समयमै कतिपय विधामा अग्रणी बैंकका रूपमा स्थापित हुन पुगेको उहाँको भनाइ छ ।

मेगा बैंककी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकका रूपमा स्थापित भएको बताउनुभयो । देशको २८औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले सातौ औं स्थानमा रहेको छ ।

२०७९ असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब एक खर्ब ५६ अर्ब र कुल कर्जा करिब एक खर्ब ५० अर्ब रहेको छ । मेगा बैंकले १८ सयभन्दा बढी कर्मचारीबाट देशभर दुईसय आठ शाखा सञ्जाल, एकसय ४५ एटिएम, २५ एक्टेन्सन काउण्टर र ६० शाखारहित बैंकिङ सेवामार्फत १४ लाख ७५ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

यसैबीच बैंकले बार्षिकोत्सवका अवसरमा काठमाडौंको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अध्यक्ष शाहले समता अस्पतालका अध्यक्ष उत्तर सञ्जेललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । उक्त अस्पतालले एक सय रुपैंयाँमै उपचार सेवा प्रदान गदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?