काठमाडौं । नेपाल एसबिआई बैंक र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी तथा साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौतापत्रमा हेफर एसियाका राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतो र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार बैंकले कृषि तथा पशुपालनसम्बन्धी क्षेत्र जस्तै बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य श्रृङखलामा संलग्न महिला उद्यमी तथा साना किसानलाई सहज वित्तीय कर्जा उपलब्ध गराउने छ । उक्त योजनामा हेफर नेपालका तर्फबाट कृषि सहकारी र स्थानीय सरकार पनि आवद्ध रहेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका