भक्तपुर दुर्घटना : मृतक मध्ये २ जना बस र एक जना स्कुटरमा सवार थिए (तस्वीरसहित)

Read Time = 3 mins

भक्तपुर । भक्तपुरको सल्लाघारीमा सडक छेउको रूख ढलेर सवारीसाधनलाई किच्दा भएको दुर्घटनामा तीन मृतक मध्ये २ जना बसमा र एक जना स्कुटरमा सवार व्यत्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडकमा गुडिरहेको एउटा यात्रुबाहक मिनीबस र स्कुटरमाथि बज्रिदा तीन जनाको मृत्यु भएको थियो भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

रुख ढलेर सडकमा गुडिरहेको यात्रुबाहक बसमा पर्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो भने स्कुटरलाई थिच्दा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो ।

ट्रफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख राजु कार्कीले घटनामा परेर तीन जनाको मृत्यु र एक दर्जनभन्दा बढी घाइते भएको बताउनु भयाे । उहाँका अनुसार मृतक र घाइतेहरूको नाम आउन बाँंकी नै छ ।

काठमाडौंबाट भक्तपुर आइरहेको बा२ख ३५८४ नम्बरको मिनीबस र बा६१प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको उहाँले बताउनु भयाे । उहाँका अनुसार गाडीमा सबै गरेर दुई दर्जनको संख्यामा यात्रुहरु थिए ।

पछाडिको भागमा किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल रहेका उहाँले जनाउनु भयाे । घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ । घटना आइतबार दिउँंसो १२ बजेतिर भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?