सिट संख्याकै कारण गठबन्धनमा दरार आउँदैन : मिन विश्वकर्मा

Read Time = 2 mins

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सचेतक मिन विश्वकर्माले सत्तारुढ दलहरुको नेपाली काँग्रेससँग दूरी नबढेको बताउनुभएको छ ।

आईतवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस सचेतक विश्वकर्माले सत्तारुढ दलहरुको नेपाली काँग्रेससँग दूरी बढ्ने परिस्थिति नबनेको स्पष्ट पार्नुभयो ।

उहाँले पाँच दलीय गठबन्धनबाट परिणाम उपलब्धीमुलक भएको प्रतिवेदन समेत सार्वजनिक भइसकेको उल्लेख गर्दै गठबन्धन टुट्छ कि भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । सचेतक विश्वकर्माले सिट संख्याको कारणले अथवा निर्वाचन क्षेत्र छनोटको कारणले गठबन्धन नभत्किने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले पनि यसलाई चाहीँ सुखद् रुपमा लिन्छु । राम्रो हो उहाँहरुले गर्न सक्नुभयो भने । अब काँग्रेससँग दूरी बढेको भन्ने सवालमा त्यस्तो खालको परिस्थिति अहिले बनेको छैन । हामीले पनि गठबन्धन आवश्यक छ भन्यौँ । माओवादी केन्द्रले पनि गठबन्धन आवश्यक छ भन्यो । र विगतमा गरेको गठबन्धनबाट हामीलाई उपलब्धी प्राप्त भएको छ परिणाम पनि भनेर प्रतिवेदन पनि सन्तोषजनक आएको हुनाले अहिले यतातर्फ शंका गर्नुपर्ने, डराउनुपर्ने, चिन्ता गर्नुपर्ने अवस्था अहिलेको अवस्थामा छैन । सिट संख्याकै कारणले अथवा निर्वाचन क्षेत्र छनोटकै कारणले गठबन्धनमा दरार पनि पैदा हुँदैन र गठबन्धन भत्किँदैन पनि ।’

उहाँले सत्तारुढ घटकले समाजवादी केन्द्र बनाएमा राम्रो हुने टिप्पणी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?