प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्था पालना गर्न निर्देशन

Read Time = 2 mins

-निरोज कोइराला

भोजपुर । प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरंस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याउँदै अगाडि बढ्न प्रदेश १ प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले मातहतका प्रहरीहरुलाई निर्देशन दिनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरको निरीक्षणका लागि भोजपुर आउनु भएका प्रहरी नायव महानिरीक्षक गिरीले सामाजिक सञ्जालको सही सदुपयोग गर्दे सवारी दुर्घटना न्युनिकरण, आत्महत्या तथा लागुऔषधको प्रयोग र ओसार–पसार नियन्त्रण गर्नको लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरी नागरिकमा सचेतना फैल्याउन समेत निर्देशन दिनु भयो ।

पहाडी जिल्लाहरुमा यातायातको पहँुच समेत कम हुने भएकोले अपराधिक गतिविधी, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्नका लागि समय समयमा लामो तथा छोटो गस्ती सहित स्थानीयसँग समन्वय गर्दै अगाडी बढनु पर्ने बताउँदै प्रहरी नायव महानिरीक्षक गिरीले पहिरो, आगलागी र अन्य बिपदहरुमा स्थानिय सरकार तथा अन्य सुरक्षा निकायसंग समन्वय गरी नागरिकको जीउ धनको रक्षा गर्न, आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी सगंठन र कार्यालयको गरिमा बढाउने कार्यमा लाग्न पनि कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

सोक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख सहितका उच्च प्रहरीले जिल्लाको बस्तुस्थितीका बारेमा प्रहरी नायव महानिरीक्षक गिरीलाई जानकारी गराउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?