६ जनाको ज्यान जानेगरी पाल्पामा दुर्घटनामा परेको बस बागलुङबाट छुटेको थियो

Read Time = 1 min

-डम्मर बुढा मगर
बागलुङ । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । बागलुङको बुर्तिबाङदेखि बुटवलका लागि छुटेको लु १ ज ५९५२ नम्बरको बस आइतरबार साँझ पाल्लाको रिब्दिकोट गाउँपालिका वडा नम्बर २ लघुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

बस सडकदेखि ३०० मिटर तल खसेको उहाँको भनाई छ । ६ जनाको घटनास्थलमै मृत्यु भएको र १७ जनालाई उद्धार गरी पाल्पा पठाएको थापाले बताउनु भयो । मृत्यु हुनेमा ३ महिला ३ पुरुष रहेका छन् । उनीहरुको सनाखत भने हुन सकेको छैन ।

चालकको समेत खुट्टा भाँचिएको डिएपी थापाको भनाई छ । घाइते १७ जनाकै परिचय नखुलेको प्रहरीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?