बार्सिलोनाले म्याड्रिडलाई हरायो

Read Time = 3 mins

बार्सिलोना । चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई अर्को स्पेनिस क्लब बार्सिलोनाले पराजित गरेको छ । प्रि–सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियललाई अमेरिकाको लास भेगासमा १-० गोलअन्तरले पराजित गरेको हो । राफिन्हाले पहिलो हाफको अन्त्यमा निर्णायक गोल गर्नुभएको थियो । उहाँले खेलको २६औँ मिनेटमा सुन्दर गर्नुभयो । रियल म्याड्रिडको डिफेन्सबाट आएको बललाई नियन्त्रणमा राख्दै राफिन्हाले पेनाल्टी क्षेत्रबाहिरबाट गोल गर्नुभएको थियो ।

बार्सिलोनाले आफ्नो प्रमुख प्रतिद्वन्द्वीविरुद्ध बलियो टोली उतार्दा रियलले मुख्य खेलाडी करीम बेन्जेमालाई विश्राम दिएको थियो । बार्सिलोनाले यसै ट्रान्सफरमा भिœयाएका रोबर्ट लेवान्डोस्की र राफिन्हालाई सुरुवातमै मैदान उतारेको थियो । बायर्न म्युनिखका पूर्वस्टार लेवान्डोस्कीको बार्सिलोनाबाट यो डेब्यु खेल पनि हो ।

यता रियल म्याड्रिडले भने बेन्जेमालाई विश्राम दिँदा दुवै नयाँ खेलाडी एन्टोनियो रुडिगर र औरेलिएन चुआमेनीलाई मैदान उतारेको थियो । बार्सिलोनाले दोस्रो हाफमा सबै खेलाडी परिवर्तन गरेको थियो । रियलले भने गोलरक्षक कोर्टुवाबाहेक अन्य १० खेलाडी परिवर्तन गरेको थियो ।

यस्तै अर्को खेलमा ग्यारेथ बेलको गोल सहयोगमा लस एन्जलस फुटबल क्लब (एलएएफसी) ले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा स्पोर्टिङ कान्सास सिटीलाई २–० गोलअन्तरले पराजित ग¥यो । लस एन्जलसको जितमा बेलसँगै क्रिस्टियन एरानगोले गोल गर्नुभयो ।
लस एन्जलसले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भयो । ५६औँ मिनेटमा क्रिस्टियनले गोल गर्दै लस एन्जलसलाई १-० को अग्रता दिलाउनुभयो । ८२औँ मिनेटमा सब्सिच्युट फरवार्ड बेलले गोल गर्दै लस एन्जलसको जित पक्का गर्नुभयो ।

यो जितसँगै शीर्षस्थानमा रहेको लस एन्जलसको २१ खेलबाट ४५ अंक पुगेको छ । लस एन्जलसले दोस्रो स्थानको अस्टिन एफसीलाई चार अंकले पछि पारेको छ । पराजित स्पोर्टिङ कान्सास सिटी २३ खेलबाट २० अंक जोडेर पुछारमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?