लम्सालको विजयीले संस्थापन पक्षलाई झड्का(मत परिणामसहित)

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

हेटौंडा । नेपाली कांग्रेस निकटको संस्था नेपाल प्रेस युनियनको हेटौंडामा सम्पन्न महाशिवेशनमा यो पटक संस्थापन पक्षको भन्दा डा. शेखर कोइराला पक्षको हालीमुहाली देखियो ।

संस्थापन पक्षको उम्मेद्वार अनिता बिन्दुलाई जिताउन निकै कसरत गरिएपनि अन्तिममा कोइराला समूहका शिव लम्साल राम्रै मत ल्याएर विजयी हुनुभयो । अध्यक्षमा लम्साल विजयी हुँदा अन्य अधिकाँश पदाधिकारीमा पनि उहाँकै प्यानल देखिएका छन् । वरिष्ठ उपाध्यक्ष र महासचिवमा पनि शेखर पक्षकै उम्मेदवार विजयी भएका छन् ।

प्रेस युनियनको अध्यक्षमा कोइराला पक्षका शिव लम्साल बिजयी भएसँगै प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवालाई ठूलो धक्का लागेको छ।

त्यस्तै, काँग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियालाई पनि झट्का लागेको छ। बानिया देउवा पक्षका शक्तिशाली नेता हो । हेटौंडामा महाधिवेशन गर्ने जोड पनि उहाँकै थियो ।

लम्साल ७४५ मत ल्याएर विजयी हुनुभएको हो । लम्सालका निकटतम प्रतिद्वन्द्वी अनिता बिन्दुले ६१२ मत ल्याउनुभएको छ । त्यस्तै संगठनको वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित हुनुभएको छ । उहाँले ६८५ मत ल्याउनुभयो ।

केसीका निकटतम प्रतिद्वन्द्वी सरोज अधिकारीले ६६५ मत ल्याउनुभएको छ । पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका अधिकांश पदमा लम्साल प्यानलकै बाहुल्य रहेको छ । युनियनको महासचिवमा लम्साल प्यानलकै दिलीप पौडेल निर्वाचित हुनुभएको छ । पौडेल ८७८ मत ल्याएर विजयी हुनुभएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनपछि संस्थापन पक्षसँग हरेक विषयमा मतान्तर राख्दै आएको कोइराला पक्षले प्रेस युनियनको चुनावलाई यसपटक ठूलो प्रतिष्ठाको विषय बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?