‘एक्स ९’मा नीति अनुबन्ध, २० लाख पारिश्रमिक

Read Time = 1 min

काठमाडौं । छायांकनअघि नै कलाकार छनौटकै कामले चर्चामा आएको नेपाली चलचित्र ‘एक्स ९’को अभिनेत्रीमा नीति शाह अनुबन्ध हुनुभएको छ । मुकुन्द भट्टको निर्देशनमा बन्ने भनिएको यो चलचित्रमा अभिनेता अनमोल केसी, पुष्प खड्का लगायत कलाकारको अभिनय रहने पक्का भएको छ ।

निर्माणपक्षसँग नितीले चलचित्र साइन गरिसक्नुभएको छ । नीतिले बारम्बार अन्तवार्ताका क्रममा अनमोल केसीसँग पर्दा शेयर गर्न पाएको खण्डमा आफू खुशी हुने उल्लेख गर्दै आउनुभएको थियो । एक्सन जनरामा बन्ने यो चलचित्रलाई युरोप, क्यानडा, नेपाल लगायत देशमा खिचिनेछ । नीतिले यो चलचित्रका लागि २० लाख पारिश्रमिक लिएको नीतिका म्यानेजर निराजन गिरीले जानकारी दिनुभयो ।

यसअघि नीतिले १४ लाखमा सन्तोष सेनको निर्माणमा बन्ने चलचित्र ‘हुतुतु’ साइन गर्नु भएको थियो । तर, यो चलचित्र निर्माण हुने या नहुने अन्यौल छ । चलचित्रमा नितीको भूमिका कस्तो रहने भन्ने खुलेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?